‘अप्सरा आमा’को निधन, दर्जनौं कलाकार विच पशुपतिमा अन्त्येीष्ट
२१ असार, काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ अप्सरा आमाको को दर्जनौं कलाकार विच अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो ।
क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।
अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला विमली गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।
श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरा सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल धुर्मुस्कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन्
उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् ।









