राजनीति सङ्लो नपारे संम अन्य क्षेत्रमा सुधार हुँदैनः डा. भट्टराई

२१ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दैपूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीतिमा बिकृती आइसकेको बबताए ।
फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको उनको दाबी छ । भट्टराईले राजनीति सुधार भएपछि ऐन कानून र संविधानमा सुधार गर्न सकिने बताए ।
शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै उनले निजि क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY