देवाउवाले गरे,आफू र गिरिजाबाबु विच झगडा भएको स्मरण

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन समयमा गिरिजाप्रसाद कोईराला र आफू बिच झगडाभएको स्मरण गरेका छन् ।उनले
शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्मरण गरेका हुन् ।उनले स्मरण गर्दै भने, —गिरिजा प्रसाद कोईराला ले हिम्मत नगरेको भए अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन ।उनले गिरिजा प्रसाद रआफूबिचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए । पार्टीबाट निकालेपछि र प्रधानमन्त्री पद समेत खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताए ।
स्वं ंकोईराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोईराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताए । गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने बताए ।
सभापति देउवाले भने ‘स्व.गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । शाही आयोग मान्दै मान्दिन भनेर मैले बढो डन्जरले भनेँ । मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु ।
पार्टीमा एक भएर काम गयौँ । गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’

सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोईराला भएको बताए । गिरिजाप्रसाद कोईराला नभएको भए संघीयता पनि नआउने बताए ।

 

LEAVE A REPLY