काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले नेपाल व्यवस्थापन संघले गरेको को चालु आर्थिक वर्ष २०८२, ८३ का लागि गरेको छलपल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन।् उनले भनेः अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न सकेको छैन र मोनेटरी नीतिले मात्र सबै कुरा समाधान सम्भव छैन।
‘हामीसँग धेरै सम्भावना छन्, तर तीनलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने ।,‘कतिपय राम्रो नीति ल्याउने प्रयास हुँदा पनि दीगो विकासका लागि आवश्यक आर्थिक पूर्वाधार कमजोर भएका कारण कठिनाइ आएको छ ।’
कार्यक्रममा गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिए ।
‘भौतिक नीतिले देखाएको बाटोमा मोनेटरी नीतिले पनि सँगै काम गरिरहेको हुन्छ’ उनले भने, ‘पछि गएर आपसी समर्थनको अभाव नहोस् भन्ने हिसाबले दुवै नीतिले तालमेल गर्नु आवश्यक छ ।’
उन









