गोमा श्रेष्ठबाट अधिकाँश बिद्यार्थी र उनकाअभिभावकहरुले सिक्नै पर्ने पाठ

साविकको घर रामेछाप भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ वस्दै आएका मीन बहादुर श्रेष्ठले छोरी गोमालाइ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा( एसईइ )मा जीपीए ४ आउने गरी पढाए । जीपीए ४ मात्रै होईन,भक्तपुरका ३० जना सर्वाेकृष्ट विद्यार्थी भध्ये पनि उनी नम्वर १ ममा परिन् ।
मीन बहादु् श्रेष्ठको आर्थिक अवस्था धेरै कमजोर भएका कारण उनले चाहेर पनि छोरीलार्इ काम नगराइ पढाउन सकेनन् र ईटा भट्टामा काममा लगाएदिए । त्यही काम गर्दै गोमाले सामुदायिक विद्यालयमा पढीन् । आप्नो आर्थिक विपन्नता भए पनि उनको सानै देखी डाक्टर बन्ने चाहना रहेछ । त्यो चाहना अव समाजसेवी भाट्भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुरगुङले पुरा गरीदिने वचन दिनु भएको छ । उनको कठोर परिश्रम र लगनशिलताबाट प्रभावीत भएका गुरुङले तत्काल रु .१ लाख नगद र एक थान ल्यापटप समेत आफ्नै कार्यलयमा बोलाएर हस्तान्तरण गर्नु भएको छ । समाज सेवी तथा मनकारी गुरुङले गोेमालाइ एमवी विएस गराइदिने वचन दिए पछि अहिले उनको व्यापक चर्चा परिचर्चा हुने गरेको छ । उललाई सहयोगी हातहरु पनि अघिबढीरहेका छन् ।
यता मध्यम वर्ग र सर्वसम्मपन्न वर्गअधिकांशका छोरा छोरीहरुलाई भनें परीक्षामा जीपीए २ र ३ ल्याउनै हम्मे हम्मे परेको देखिन्छ । यस्तो किन भएको होला? यस्तो हुनुको मुख्य कारण विद्यार्थीमा ठोस उद्येश्य र लगनशिलता नहुनु नै हो । त्यसैले शुख सुविधाले मात्र कसैले प्रगति गर्न सक्दोरहेनछ र विपन्नताकै कारण पढ्न सकिदैन भन्ने भ्रमलाई गोमाले चिरी दिएको हँुदा गोमा बाट पाठ सिक्न जरुरी देखिएको छ ।

LEAVE A REPLY