सुदामा सम्वाद दाता÷काठमाण्डौ, नूनको एक छत्ररुपमा कारेवार गर्न अधिकार पाएको सस्था साल्टट्रेडिङ्गकर्र्पाेरेशन लिमिटेडको सौजन्यमा पुर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठलाई “हेमबहादुर मल्लसम्मान २०८० ” प्रदान गरिएको छ ।
नेपाल जनप्रशासन सघ र साल्टट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले संयुक्तरुपमा एक भव्य तथा सभ्य रुपमा आयो जना गरेको कार्यक्रममा प्रधान न्यायाधिस प्रकाशमान सिंहराउतले पूर्व प्रधान न्याधिस कल्याण श्रेष्ठलाई सम्मान प्रदानगर्नु भएको हो । पूर्व प्रधानन्याधिस श्रेष्ठले न्यायिक योगदानलाई स्वतन्त्र न्यायपालिकाको गौरवशाली खम्वाकोरुपमा काम गर्नु भएको भन्दै वहाँलाई रु. २ लाख राशीको पुरस्कार प्रधान गरिएको हो । मल्लले साल्टट्रेडिङ्गकर्पोरेशनको नेतृत्व तहमा रहि सार्वजनिक वितरण ,सेवा र व्यवस्थापनमा प्रेरणादायि योगदान पुर्रयाए वापत यस्तो सम्मानजनक कामको सुरुआत वि. सं. २०५७ सालमा गरिएको थियो ।
साल्टटे«डिङ्गलिमिटेडका सस्थापक तथा ख्याती प्राप्त प्रशासक स्व . हेम बहादुर मल्लको स्मृतिमा स्थापना गरिएको यो आजको पुरस्कार तथा सम्मान २१ औं सस्करणको हो । यस अघि यस्ता पुरस्कार केदार भक्तमाथेमा, डा. भगवान कोईराला, महाविर पुनः , डा. सन्दुक रुईत , कुलमान घिसिङ्ग , डा. देवन्द्रराज पाण्डे , सूर्यनाथ उपाधयाय , गोरक्षबहादुर न्हुच्छे प्रधान, लगायतले पाई सक्नु भएको छ ।
कार्यक्रममा साल्टटे«डिङ्गका अध्यक्ष प्रदीपलाल श्रेष्ठले “ हेमबहादुर मल्ल सम्मान ” को गरिमा र प्रभावलाई स्मरण गर्दै न्यायिक क्षेत्रमा कल्याण श्रेष्ठको योगदान अवस्मरणीय रहेको बताउनु भयो भने, जनप्रशासन सघंका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व र सस्थागत विकासमा श्रेष्ठको विशिष्ट योगदानको कदर गर्दै न्यायाधिस श्रेष्ठलाई सम्मान गरिएको बताउनु भयो ।









