गभर्नर पौडेलले राख्नुभएको मौद्रीक नीतिबारे नाडाको गम्भिर ध्यानार्कषण

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले राखेका आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त मौद्रिक नीति का सम्बन्धमा नाडाव्यसायिहरु भन्दछन् “ हामी अटोमोवाइल व्यवसायीहरुले अपेक्षा गरेको भन्दा मौद्रीक नीति धेरै टाढा रहेको हामीले महशुस गरेका छौं
सो मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र होइन कहि कतै सम्बोधन समेत गरिएको छैन । सुधार गरिनु पर्ने अटोमोवाइल क्षेत्रसंग सम्बन्धित विद्यमान नीतिहरुलाई अहिले पनि यथावतै राखिएको छ । सवारी साधनहरुको आयातको सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था गरिएको छैन । लक्जरी, हेवि सेगमेण्ट र उच्च प्रविधिका सवारी साधनहरुको सम्बन्धमा पुरानै नीतिहरुलाई कायम राखिएको छ ।“

अघिल्ला वर्षहरूमा जस्तै विद्युतिय सवारीसाधनका लागि भन्सार तथा कर छुट कायम राखिएको भए पनि अन्य महत्त्वपूर्ण क्षेत्रहरु सवारी ऋण, आयात प्रक्रिया र औद्योगिक मान्यतामा खासै सुधार नगरिएको बताएका छन् । यद्यपि, मौद्रिक नीतिले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन दिन खोजेको छ । ग्रिन फाइनान्स र दिगो यातायात पूर्वाधारको विकासलाई प्रवद्र्धन गर्न खोजिएको छ । तर, विद्युतिय सवारी साधनका लागि प्रत्यक्ष रुपमा कर्जा प्रवाहलाई प्राथमिकता नदिइएको व्यवसायिहरुको धारणा रहेको छ ।

LEAVE A REPLY