प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै वहाँले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताउनु भयो । ।
वहाँले लेख्नु भएको छ ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती ।
आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना !’

 

LEAVE A REPLY