सूर्य नेपाल प्रालिंद्वारा, व्यावसायिक विस्तारमा निरन्तरता

काठमाडौं । व्यवसायिक विस्तारमा निरन्तरता दिदै आएको कम्पनि सूर्य नेपाल प्रालिले पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष आव २०८०÷८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो । यसअघि आव २०७९÷८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । सन १९८६ मा सञ्चालन भएको सूर्य नेपाल प्रालिमा यसको होल्डिङ कम्पनी आइसीटि लिमिटेड इन्डियाको समेत ५९ प्रतिशत शेयर रहेको छ ।
यसबाहेक करिब ३९ प्रतिशत शेयरमा नेपाली व्यक्तिगत तथा संस्थागत शेयर धनीहरुको समुह छ र बाँकी २ प्रतिशत ब्रिटिश अमेरिकन टोबाको इन्भेस्टमेन्ट लिमिटेड बेलायतको स्वामित्वमा रहेको छ । सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको उद्योग हो । यो कम्पनी हाल नेपालमा चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज गरिएका खानाको व्यवसायमा संलग्न छ । कम्पनीले सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी समावेश गरेको छ, जुन धूपबत्ती अगरबत्ती को उत्पादन र बिक्रीमा संलग्न छ ।
कम्पनीसँग बलियो होल्डिङ कम्पनी आइसीटी लिमिटेडबाट प्राप्त क्षमता र विशेषज्ञता छ । सन् १९१० मा स्थापित आइसीटि लिमिटेड इन्डियाको भारतको अग्रणी निजी क्षेत्रको कम्पनीहरू मध्ये एक हो । जसको उत्पादन र सेवाहरूको बिक्रीबाट कुल राजस्व आव २०२५ मा लगभग भारु ७३४.६५ बिलियन रहेको छ ।
सूर्य नेपाल प्राली ३५ वर्षभन्दा बढी समयदेखि चुरोट उत्पादनको व्यवसायमा रहेको छ । यस कम्पनीले उपभोक्ताको स्वाद र प्राथमिकताको विस्तृत दायरा पूरा गर्न सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्या फ्युजन, सूर्य स्लीक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस रश, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता विभिन्न सफल ब्रान्डहरू निर्माण गरेको छ ।

LEAVE A REPLY