एमाले पोलिटब्युरो बैठकलेभण्डारीको पुनरागमनबारे विशेष छलफल गर्ने

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयले प्रस्तुत गरेको विधान सम्बन्धि प्रस्तावलाई सर्बसम्मत पारित गरेको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबारदेखि बसेको बैठकले पार्टीमा दुई किसिमको सदस्यता हुनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको नयाँ विधानमा प्राप्त केहि सुझावहरुलाई ग्रहण गर्दै सर्वसम्मत स्वीकृत गरेको गौतमले बताए ।
त्यस्तै विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको विषयमा छलफल भएको र अधिकांश सदस्यले पुर्वराष्ट्रपति भण्डारीको पुनरागमन गम्भीर विषय भएकोले पार्टीले बृहत छलफल गरेर छिटो निष्कर्षमा पुग्न सुझाव दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमले भण्डारीको सदस्यता नवीकरण बारे पनि छलफल भएको बताउदै पार्टीको विधानको धारा ८ र ९ आकर्षित भएको र विधानको व्यवस्था बारे छलफल भइरहेको र उचित समयमा निर्णय लिने गौतमले बताए । गौतमले भण्डारीको सदस्यता हाल जुन अवस्थामा छ त्यहि अवस्थामा पार्टीले निर्णय नलिएसम्म निलम्बित रहेको समेत बताए ।
गौतमले भण्डारीलाई राजनीतिमा आउन रोक्ने भन्ने हल्ला चलाइएको भन्दै यो प्रणाली र गणतन्त्र व्यवस्थासँग जोडिएको राजनीतिक विषय भएकोले पार्टीले विशेष निर्णय गर्ने बताए ।

शुक्रबार शुरु भएको पोलिटव्यूरो बैठकले पेश गरिएका प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

LEAVE A REPLY