हिमालयन बैंकको शेयरमा माग भन्दा बढी आवेदन परे पछि गोला प्रथाबाट बाँढफाँड हुने

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म ४.४२ गुणाबढी आवेदन परेको छ । बैंकको एफपीओमा आइतबार साँझ ५ः१० बजेसम्ममा १७ लाख ८६ हजार ७८२ जना आवेदकले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएको सिडिएसले जनाएको छ । बैंकको एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकम बराबर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५७ रूपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रूपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गरेको हो ।
एफपीओ निष्काशनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७।५९ कित्ता सेयर कायम हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा ९ लाख २५ हजार ४६९ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने ८ लाख ६१ हजार भन्दा बढीको हात खाली हुने देखिन्छ ।

LEAVE A REPLY