राजनीतिक कुरा मिल्नु ठूलो हो, सदस्यतानविकरण प्राविधिक कुरा होः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं केपी शर्मा ओलीको भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण रहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो केन्द्रिय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरुको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’
उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्य नवीकरण प्राविधिक कुरा भएकोले यसमा बहस गरिरहन नपर्ने समेत बताए ।
उनले भने, ‘सदस्यता नवीकरण प्राविधिक कुरा हो । प्राविधिक कुरा टुङगिनु भन्दा पहिले राजनीतिक कुरा टुङगिनु पर्छ । राजनीतिक कुरा टुङगियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो । । राजनीतिक कुरा टुङगियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने
पनि भोली नवीकरण गर्न सकिन्छ ।’
उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निस्क्रिय हुने बताए ।

LEAVE A REPLY