कामना सेवा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन २०२४बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्डअवार्ड २०२४ बाट सम्मानित भएको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट संस्था आईक्यानले आर्थिक वर्ष २०२३।२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
काठमाडौं होटल ¥याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि माननीय महालेखापरीक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् ।
र्बैकले गत वर्ष पनि वार्षिक वित्तीय विवरण चार्टड एकाउन्टेन्ट संस्था, नेपालबाट प्रदान गरिने “बिपीए अवार्ड सिल्भर” र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट साफा ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको थियो ।

LEAVE A REPLY