‘मिस ग्राण्ड को उपाधि चाहाना प्रधानलाई
काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन् ।
आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा नेपाल प्रहरी क्लवमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धी युवतीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।
सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मूल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन् ।
चार प्रमुख उपाधि विजेताहरू
चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५ ,गरिमा गुरुङ – मिस टुरिजम वल्र्ड नेपाल २०२५ स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल २०२५ सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५

यी विजेताहरूले न केवल सौन्दर्यको ताज जिते, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए । उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन् ।

मुख्य बिजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन् । आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएको छ ।

 

LEAVE A REPLY