काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । यस सँगै सेवाग्राहीहरुले आफ्ना गुनासाहरु विभिन्न सञ्चारसाधन वा आफैं उपस्थि भई सुनाउन सकिने मन्त्रालयले जनाएको छ र्। गुनासाहरु लिखित तथा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सकिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।
मन्त्रालयका अनुसार सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ ।









