मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुन जरुरी ः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुन जरुरीभएको बताउनु भएको छ ।
हालै, काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उहाँले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ गरिरहेका छ । श्रम पुरस्कारका बारेमा हामीले कुरा गरेका छौ । श्रम र श्रमिकको जबसम्म सम्मान हुँदैन । त्यो मुलुक अगाडि बढ्न सक्दैन ।’
कार्यक्रममा उहाँले आफू बच्चा हुँदादेखी चिया खाने गरेको पसललाई सम्मान गर्न पाएकोमा खुसि लागेको भन्दै श्रमलाई सम्मान गर्ने कामलाई निरन्तरण गर्न आग्रह समेत गर्नु भयो ।

LEAVE A REPLY