अहिले ब्याजदर न्यून रहेकोले लगानिका लागि उपयुक्त समय आएको छःडा. ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले लगानीका लागि उपयुक्त समय भएको बताएउनु भएको छ ।
हालै, इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो,अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समयमा अहिले लगानीका लागि उपयुक्त समय पनि हो ।’
बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको अधिकतम् सदुपयोग गर्न अघि बढ्नु पर्ने मन्दै उहाँले सरोकारवालाहरुलाई सुझाव समेत दिनु भयो । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंक सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उहाँले स्पष्ट पार्नु भयो ।
यस्तै अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताउनु भयो। जस्तै,
संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम स्किम हुन् । उहाँले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको भन्दै आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे पनि स्पष्ट पार्नु भयो । ।कार्यक्रममा बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको भन्दै त्यसको संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY