काठमाडौं, विश्वकै अग्रणी दुई पांग्रे सवारी निर्माता बजाज अटो लिमिटेडले आज नेपालमा पहिलोपटक आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०१ सार्वजनिक गरेको छ। भारतबाहिर चेतक ब्रान्डको पहिलो अन्तर्राष्ट्रिय लन्चको रूपमा, यस स्कुटरको सार्वजनिक प्रदर्शन काठमाडौंको नक्सालस्थित चेतक कस्टमर एक्सपीरियन्स जोनमा गरिएको हो।
३.५ ब्याट्रीयुक्त चेतक ३५०१ ले एकपटक चार्जमा १५३ किलोमिटरको दूरी तय गर्न सक्छ। यसमा रहेको फास्ट चार्जिङ प्रविधिले ३ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो नेपाली बजारमा विद्यमान स्कुटरमध्ये सबैभन्दा छिटो चार्ज हुने मोडेल हो।
३५ लिटरको विशाल स्टोरेज, मेटल बडी, र स्मार्ट टचस्क्रिन जस्ता प्रविधिले यो स्कुटरलाई अझ आकर्षक बनाएको छ। सुविधा जडान गरेपछि यसमा नक्सा, संगीत, कल ह्यान्डलिङ, साथै रिमोट इममोबिलाइजेशन, जियो(फेन्सिङ र दुर्घटना सुरक्षा प्रणाली जस्ता अत्याधुनिक फिचरहरू उपलब्ध हुन्छन्।
बजाज अटोका एशिया क्षेत्रका उपाध्यक्ष मनीष थपारले नेपालमा चेतक ३५०१ लन्च हुनु कम्पनीको ग्लोबल विस्तारको प्रतीक भएको बताएका छन्। उनका अनुसार यो स्कुटर विशेषगरी युवापुस्तालाई लक्षित गरी डिजाइन गरिएको छ।









