काठमाण्डौ, एक पटक फैलिएर मत्थर भएको लम्पीस्किन फेरी फैलिंदा साढे २ महिनामा देशभरि २२ हजार २ सय ५६ गाईभैँसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन् भने ६ सय ३६ पशु मरेका छन्।
कोशी प्रदेशमा सबैभन्दा बढी २२ हजार १ सय १२ पशु संक्रमित भएका छन् रसय ३७ को मृत्यु भइसकेको छ।
हालसम्म देशभरिबाट प्राप्त विवरण अनुसार संक्रमितमध्ये १२ हजार ३ सय २ वटा पशु उपचारपछि निको भएको र ७ हजार ८ सय ६६ अझै सक्रिय संक्रमित रहेका विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठले जानकारी दीए ।
कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ११ जिल्लामा गाईभैँसीमा संक्रमण देखिएको छ ।
कोशी प्रदेशका झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, ताप्लेजुङ र तेह्रथुममा संक्रमण फैलिएको छ । तर संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा भने संक्रमण देखिएको छैन ।
निर्देशनालयमा कार्यरत पशु चिकित्सक डा. पुरुषोत्तम पाण्डेका अनुसार कोशीमा हालसम्म २२ हजार १ सय २२ गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ६ सय ३७ को मृत्यु भइसकेको छ ।
तथ्यांक अनुसार कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ
कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ ।
यस्तै इलाममा २ हजार ४२, भोजपुरमा ९७ र सबैभन्दा थोरै तेह्रथुममा ५ र पाँचथरमा १२ वटामा लम्पी स्किन संक्रमण देखिएको छ ।
पशु चिकित्सक डा। पाण्डेले ११ साउनपछि एक साता अवधिमा १ हजार ५ सय ३२ पशु रोगबाट प्रभावित भएको बताए । एक सातामै यो रोगका कारण ८२ पशु मरेका छन् ।
कोशी प्रदेशमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज खोप लगाइएको छ ।
लम्पी स्किन रोगका कारण कोशी प्रदेशमा मात्रै १ अर्ब ८ करोड रुपैयाँ बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
साना पशुमा रोग संक्रमण बढ्यो
निर्देशनालयका निर्देशक सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा २ महिना अघिदेखि लम्पी स्किन रोग देखा परेको बताए । पछिल्लो चरणमा भने रोगको प्रकोप घट्दै गएको उनको दाबी छ ।
‘अहिले रोग धेरै नै नियन्त्रणमा आइसकेको छ, ठूला पशुमा कम र साना पशुमा रोगको संक्रमण बढी छ,’ उनले भने, ‘विगत २ महिनाको तुलनामा घट्दो क्रममा छ ।’
उनले स्थानीय तहमार्फत निःशुल्क लम्पी स्किनविरुद्धको खोप दिइएको र प्रत्येक जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत उपचारमा सहयोग गरिरहेकाले संक्रमण कम हुँदै गएको दाबी गरे ।
यस्तै रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, धनुषा, सप्तरी लगायत जिल्लामा पनि लम्पी स्किन रोगको संक्रमण उच्च देखिएको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक डा.श्रेष्ठका अनुसार २०८१र८२ मा विभागले लम्पी स्किनविरुद्ध १४ लाख ६० हजार डोज खोप किनिएको थियो । त्यसमध्ये रोग नियन्त्रणका लागि हालसम्म १४ लाख ३९ हजार डोज खोप वितरण भइसकेको छ । अब विभागसँग २१ हजार मात्रै खोप वितरण गर्न बाँकी छ ।
पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले रोग नियन्त्रणका लागि सबैभन्दा पहिलो काम खोप वितरणको गरिएको बताए ।
उनका अनुसार खोप लगाउन नजिकैको पशु सेवा केन्द्र वा पालिकाको शाखामा सम्पर्क गर्न सकिने छ ।
‘विगतमा हामीले यस रोगविरुद्ध खोप लगायौं, खोप लगाएका पशुमा देखिएको छैन,’ महानिर्देशक तिवारीले भने, ‘अहिले खोप लगाउन छुटेका र साना पशुमा पुनः रोग देखिएको छ । र, खोप लगाउन छुटेका र ३–४ महिनाका साना बाच्छाबाच्छीमा यो रोग धेरै देखिएको छ ।’
उनका अनुसार अहिले खोप लगाउने काम भइरहेको छ । खोप लगाइसकेको एक डेढ महिनापछि मात्रै खोपले रोगबाट बचाउन काम गर्ने उनको भनाइ छ ।
पशु चिकित्सकका अनुसार यो रोग संक्रमण हुँदा गाईभैँसीमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुनेजस्ता लक्षण देखापर्छ ।








