काठमाडौँ,खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले हालै वार्षि प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।विभागको प्रतिवेदन अनुसार हामीले नियमित प्रयोग गरिरहेका अनेक खाद्यवस्तुदेखि पिउने पानी सम्म स्वास्थ्य प्रतिकूल रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनले १७३ खाद्यवस्तु प्रतिकूल रहेको उल्लेख गरेको हो । विभागको २०८१ ÷ २०८२ को तथ्याङ्क गत आधारारीतA
विश्लेषण अनुसार सो अवधिमा खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थका ८८७ वटा नमुनाको विश्लेषण गर्दा ५२ वटा प्रतिकूल रहेको पाइएको छ । त्यस्तै तेल तथा घिउका ३५१ वटा नमुनाविश्लेषण गर्दा विभागले ३८ वटामा प्रतिकूल देखेको छ ।
प्रशोधित खानेपानी पनि पिउनलायक देखिएको छैन । १६७ वटाको नमुना विश्लेषण गर्दा विभागले १६ वटा खानयोग्य नरहेको पाएको छ । त्यसैगरी यस अवधिमा ५९ वटा विभिन्न नुनका नमुनाको विश्लेषण गर्दा ११ वटामा प्रतिकूल देखिएको छ । यस्तै सो अवधिमा ३२० वटा मसलाजन्य पदार्थको नमुना विश्लेषण गर्दा १६ वटा प्रतिकूल देखिए । दुग्ध तथा दुग्धजन्य पदार्थका १०८ वटा नमुनाको विश्लेषण गर्दा १३ वटा प्रतिकूल देखिएका छन् ।
विभागका अनुसार गत आवमा प्रतिकूल देखिएका १८३ वटा खाद्यवस्तुविरुद्ध मुद्दा दायर गरिएको छ । सो अवधिमा मुद्दा दायर गरिएकोमा सबैभन्दा धेरै तेल र घिउका ४७ वटा र खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थका ४६ वटाका मुद्दा दर्ता भएको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा प्रशोधित खानेपानीका २३ वटा, गुलियो पदार्थका १६ वटा, दुध तथा दुग्धजन्य पदार्थका १० वटा, दाना पदार्थका सात वटामा मुद्दा दर्ता भएका छन्
यस अवधिमा देशका १९ जिल्लामा १८३ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा धेरै पर्सामा ४३ वटा दर्ता भएको र सबैभन्दा कम कपिलवस्तुरदाङमा एकरएक वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ । यस्तै तनहुँमा १७ वटा, भैरहवामा १५ वटा, धनगढीमा १३ वटा र काभ्रेमा १२ वटा र काठमाडौँमा ११ वटा मुद्दा दर्ता भएका छन् ।
सो अवधिमा मुद्दा दर्ता भएका उजुरीमध्ये न्यून गुणस्तरका ११२ वटा, ऐनविपरीत २६ वटा, दूषितसम्बन्धी १० वटा र लेबलसम्बन्धी १९ वटा रहेको विभागले जनाएको छ ।
विभागका अनुसार गत आवमा विभागसहित विभिन्न ठाउँमा रहेका नौ वटा प्रयोगशालाबाट २६ हजार २४३ वटा विभिन्न वस्तुका नमुना विश्लेषण गरिएको थियो
अनुगमन प्रभावकारीबनाउन निर्देशनः
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरहीन र अखाद्यवस्तुको बिक्रीवितरण बढ्दै गएकाले यस्ता खानेकुराको उत्पादन तथा बिक्री रोक्न विभागको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिनुभएको छ ।
विभागको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन क्रममा उहाँले यसका लागि मन्त्रालयबाट सबै किसिमको सहयोग रहने बताउनुभयो । साथै उहाँले विभाग र यसमातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई अनलाइन प्रणालीमार्फत गर्नसमेत निर्देशन दिनुभयो ।
मन्त्री अधिकारीले विभागका अन्तर्गत रहेको प्रयोगशालासहित मोबाइल भ्यानलाई बढीभन्दा बढी परिचालन गरेर यसको प्रभाव आमनागरिकले महसुस गर्ने गरी परिणाम दिन पनि निर्देशन दिनुभयो । विभागका महानिर्देशक कर्णले विभागले गत आवदेखि नै नमुना ल्याउनेबाहेक कार्य सबै अनलाइन प्रणालीबाट गर्दै आएको जानकारी दिनुभयो ।









