पूर्व राष्ट्रपति भण्डारीले गर्नुभएको गौरवपूर्ण कामलाई पार्टी केन्द्रिय कमिटि बैठकले उच्च सम्मान गरेको छ ः एमाले महासचिव पोखरेल

काठमाण्डौ, एमाले महासचिव शङ्कर पोखरेलले पार्टीको विधान महाधिवेशनको सन्दर्भमा पार्टीका विभिन्न निकायमा आबद्ध प्रचार विभागका जिम्मेवार पदाधिकारीसँग भएको अन्तर्क्रियामा पूर्वराष्ट्रपति भण्डारीले गर्नुभएको गौरवपूर्ण कामलाई केन्द्रीय कमिटी बैठकले उच्च सम्मान गरेको बताउनु भयो । उहाँले पूर्वराष्ट्रपतिले खेलेको गौरवपूर्ण भूमिकाको तथ्य राखेर नकारात्मक टीकाटिप्पणीलाई रोक्नुपर्ने पार्टीले निष्कर्ष निकालेको पनि बताउनुभयो ।
“पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टीकाटिप्पणी आइराखेका छन्, त्यसलाई कडाइसाथ रोक्नु पर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न । यही कुरालाई ध्यानमा राखेरै पार्टीले राजनीतिक निर्णय लिएको हो,” महासचिव पोखरेलले बताउनु भयो ।

नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति, राष्ट्रपतिका रूपमा निर्वाह गरेको अभिभावकीय भूमिकाका रूपमा भण्डारी इतिहासमा सम्मान गर्ने नेतृत्वका रूपमा स्थापित भइसकेको पार्टीको ठहर रहेको उहाँले जानकारी दिनुभयो । महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीप्रति भइरहेको नकारात्मक टीकाटिप्पणी गणतन्त्रविरोधीको खेती भएको निष्कर्ष सुनाउनुभयो ।

LEAVE A REPLY