म पद र फोटो टाँस्न मुख्य मन्त्री भएको होईनः इनद्रबहादुर बानियाँः मुख्य मन्त्री बागमति प्रदेश

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।
नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाई छ । अरू मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए ।
उनले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरूको पक्षमा हुनेगरी गरेको जानकारी दिए । गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २÷२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताए ।
प्रदेश सरकारले गरिवका १० वटी छोरीहरूलाई नर्स पढाउने निर्णय पनि गरिसके उनले जानकारी दिए ।
उनले भने ‘पारदर्शी, उत्तरदायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश चाहिँ दिइसकेको छु, अहिलेसम्म अरू मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईँहरू नि हेर्नुहोला । मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरूलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरे । र १० वटी गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसके । अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्न ।’

 

LEAVE A REPLY