भूमि विधेयकआइतबार पारित हुन्छः कुसुमदेवी थापा सभापति

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको दफावार छलफलआज बिहीबार सकिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संसदीय समितिले विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएका छन्।
सभापति कुसुमदेवी थापाका अनुसार आगामी आइतबार दिउँसो १ बजे विधेयकको प्रतिवेदनमाथि छलफल गरी सोही दिन पारित गर्ने तयारी छ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार साँढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको हो ।
प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव छ
विधेयकका अधिकांश विषयमा सांसदहरूको संशोधनको मर्म अनुसार भाषा मिलाउने भनेर छाडिएको छ ।
घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिन समिति सहमत भएको छ ।
भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषयमा भाषा मिलाउने भनेर समिति अगाडि बढेको छ । तर
प्रदेशको क्षेत्राधिकार, संविधानको साझा सूची लगायतका विषयमा भनें समिति मौन रहेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाका अनुसार अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ । जहाँ विधेयकको प्रतिवेदनमाथि छलफल हुनेछ ।
विधेयकको प्रतिवेदनमाथि छलफल गरेर सोही दिन विधेयक पारित गर्ने समितिको तयारी छ ।

LEAVE A REPLY