सामसङको ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर साउन २९ सम्म खुला रहने

काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन्। सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्म खुला रहने घोषणा गरेको छ।
सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फ्लिप७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन्। ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ।
नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन, र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ।
नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ। साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन्।
ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको छ। अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ। यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन्।
जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ। साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ।

LEAVE A REPLY