राजनीतिक गतिविधि बढाउँदै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न जति सुकै प्रपञ्च गरे पनि भण्डारी रोकेर नरोकिने भन्दै राजनीतिक गतिविधि बढाउन आफु एमालेमै रहेको भन्दै सम्पर्क कार्यालय खोली सक्नु भएको छ । आफु एमाले परिवारकै सदस्य रहेको उहाँको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेशनमार्फत सक्रियता बढाउन लागको बताउनु भएको छ । त्यसैक्रममा उहाँले बानेश्वर थापागाउँस्थित एमालेकै एक पुराना कार्यकर्ताको घर भाडामा लिएर गतिविधि बढाउने तयारी गर्नुभएको हो । जुन घर २०४८ सालमा उहाँकै पति तथा पार्टी महासचिव मदन भण्डारीले निर्वाचनताका सम्पर्क कार्यालय बनाएको थियो । सोही कार्यालयमार्फत देशभरका नेता, कार्यकर्ताहरुसँग सम्पर्क विस्तार गर्ने तयारी रहेको भण्डारी निकट स्रोतले जानकारी दियो ।
यता नेकपा९एमाले०मा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरिएको निर्देशनको अवज्ञा गर्न थालिएको छ । ७० वर्षे उमेर हद, एक व्यक्ति दुई कार्यकाल र पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने गरी गरेको निर्णयमा छलफल र बहस नगर्न एमालेले गरेको निर्देशन पार्टी तहबाटै अवज्ञा गरिएको छ । जनवर्गीय संगठन नेपाल बौद्धिक परिषदले सार्वजनिक रुपमै मत सर्वेक्षण गरेको छ भने ७० वर्षे उमेर हद र एक व्यक्ति २ कार्यकाल अध्यक्षको मापदण्ड बनाएर केपी शर्मा ओलीलाई तेस्रो पटक पार्टी अध्यक्ष हुनबाट रोक्ने उद्देश्यको बहस पनि भण्डारी पक्षले गरेका छन् । मत सर्वेक्षणमा भण्डारी पक्षमा बढी मत आउन सक्ने आँकलन पनि गरिदै छ । पार्टी अध्यक्षको कारवाहीमा परिने डरले कतिपय नेताहरु बाहिर बाहिर ओलीको समर्थन गरे पनि आत्मीय रुपमा भण्डारीलाई नै भावी पार्टी अध्यक्षमा चयन गर्ने चाहना भएको हो कि भन्ने आँकलन गरिदै छ ।
नेपाल बौद्धिक परिषदका इन्चार्ज समेत रहेका पोलिटव्यूरो सदस्य अरुण नेपालले केन्द्रीय कमिटिको निर्णय विधान महाधिवेशनले हुबहु पारित गर्ने भन्ने नहुने भन्दै बहस स्वभाविक भएको र जनअभिमत लिन पार्टीले डराउनु नहुने बताए । त्यस्तै परिषदका अध्यक्ष गजेन्द्र थपलियाले पार्टी बाहिरबाट अभिमत लिँदा पार्टीलाई फाइदा पुग्ने भएकोले सर्वेक्षण गरिएको बताए । उनले केन्द्रीय कमितले गरेको निर्णय हुबहु पारित हुने भए विधान महाधिवेशन आवश्यक नपर्ने बताए ।

LEAVE A REPLY