रेशम चौधरी द्वारा राजेशपायल राईलाई सांसद र मन्त्री बनाउने प्रस्तावः

काठमाण्डौ, नागरीक उन्मुक्ति पार्टीका संरक्ष्क रेश्म चौधरी र राजेशपायल राईले काठमाडौंमा करीव २० वर्ष पछि भेट गरे। भेटमा पुराना दिन संझदै चौधरीले राजेशपायललाई राजनीतिमा आउन आग्रह गर्दै सांसद र मन्त्री बनाउने प्रस्ताव राखे।
राजेशपायलले यो आग्रहलाई ठट्टाको रुपमा लिए ।
, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे ।
भेटमा राई र चौधरीले पुराना दिनहरु संझीए । आफू काठमाडौंमा आउनुभन्दा अघिदेखि नै राजेशपायल निकै हिट कलाकार रहेको र उनी क्याम्पसको विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेको रेशले सम्झिए ।
भेटमा रेशमले राजेशपायललाई राजनीतिमा आउन आग्रह गरे । तर राईका साथीहरुमध्ये केहिले राजनीतिमा आउन सल्लाह दिएका छन् भने , धेरैले राजनीतिमा आउदा करीअर विग्रने भन्दै राजनीतिमा नआउन सल्लाह दिए ।

 

LEAVE A REPLY