काठमाडौँ । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ ।
नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सुकुम्बासीहरुले मनोहरा किनारमा जर्वजस्त बस्ती बढाउदै लगे पछि सुकुम्बासीहरुकै सुरक्षा का लागि र नदीकिनार हरा भरा बनाउन महानगर पालिकाले डोजर लाउन बाध्य भएको जनाएको छ ।









