काठमाण्डौ, नेपाल पर्वतारोहण संघको उम्मेदवारी घोषणा तथा पचियात्मक कार्यक्रम आज शुक्रबार राजधानीको शंकर होटलमा भव्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । “अग्रजहरुको विरासत्लाई सम्मान गर्दै नयाँ पुस्तालाई मार्ग दर्शनका लागि हाम्रो उमेदवारी ” भन्ने नाराका साथ यहि भाद्र ७ गते (अर्थात अगष्ट २३ , २०२५) मा हुन गई रहेको पर्वतारोहण संघको निर्वाचनका लागि साझा, स्वतनत्र र सक्षम श्री फुर गेल्जे शेर्पा नेतृत्वको समूहले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा उम्मेदवारहरुले पर्वतारोहण संघको प्रर्वभन, सम्वद्र्धन र प्रभावकारी रुपमा कसरी अघिबढाउन सकिन्छ भन्ने विषयमा आ आफ्ना धारणा राखेका थिए । श्री फुर शेर्पा समुहको नेतृतवमा रहेका उमेदवारहरुमा अध्यक्षमा श्री फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाधक्षमा काजी शेर्पा ( स्पीडकाजी) , द्धितीय उपाध्यक्षमा बोधराज भण्डारी, महाँसचिवमा राजेन्द्र बहादुर लामा, सचिव पदमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्वु र्शेपा, र सदस्यहरुमा माधवकुमार धमला,केदार न्योपाने , थुप्देन शेर्पा,गोकुल थापा,मुलाल गुरुङ,देण्डी शेर्पा, विक्रम कार्की,रिन्जे शेर्पा,देवेन्द्र डंगोल,डोल्मा लामा महिला सदस्य, निशा भोटे रहनु भएको छ ।
सो समुहले केहि दिन पछि हुन गईरहेको निर्वाचनमा जित हासिल गर्ने सर्वत्र चर्चा चलिरहेको छ l









