काठमाण्डौ, दिंला एकता समाजले विभिन्न काम विषेशले काठमाण्र्डौ आई वसोवास गदै आउनु भएका दिंलाका चेलीबेटीहरुलाई लक्षित गरी दरखाने कार्यक्रम राखेको छ । भोली भाद्र १ गते काठमाण्डौको धुम्बाराई स्थित लर्ड पार्टी भेन्यूमा राखिएको दरखाने कार्यक्रममा सम्पूर्ण महिला दिदीबहिनी तथा दाजुभाईहरुलाई एकता समाजले आमन्त्रण गरेको हँुदा ठूलो संख्यामा उपस्थिती जनाई दिनुहुन अनुरोध गरेको छ ।महिलाहरुको यो विषेश चाड भए पनि भेट घाट तथा रमाईलोका लागि पुरुषहरुलाई समेत निमन्त्रणा गरिएको हो । दिंला एकता समाजद्धारा आयोजना गरिने कार्यक्रम विहान ११ वजे देखी सुरुभई वेलुका ४ वजे समापन गरिने आयोजकले जनाएको छ ।
दिंला एकता समाजले यस अघि पनि भक्तपुरको सल्लाघारीमा वनभोजकार्यक्रको आयोजना गरेको थियो । उक्त कार्यक्रममा दिंलाली हरुको बाक्लो उपस्थिति रहेको थियो ।









