आमाको नामबाट नागरिकताः सरल की समस्या ?

सम्पादकीय

सरकारले आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई सरलीकरण गर्न नागरिकता ऐनलाई संशोधनको प्रस्ताव अगाडि बढाएको छ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको नागरिकतादोस्रो संविधान विधेयकमाथिको छलफलमा बोल्ने क्रममा गृहमन्त्री रमेश लेखकले बुबाको मृत्यु भएमा, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमा कै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गर्नुभएको छ । साथै बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नै पर्ने भन्ने बाध्यता नरहेको बताउनुभएको छ । विवाहित महिलाको हकमा यो व्यवस्था केही हदमा सरल भए पनि अधिकांश रुपमा समस्या देखिन्छ । यो व्यवस्थाले विक्रिति निम्त्याउने देखिन्छ । किनभने अविवाहित युवतीले अवैधानिक रुपमा गर्भाधारण गरिन भने, उनी पनि आमा नै भइन् ।तर नागरिकता चाहि कुन थरको बनाउने ? बाबुको अंश छोराछोरीले पाउने प्रावधान छ । तर आमाले चाहि कहाँबाट ल्याएर सन्ततीलाई अंश दिने ?नेपाली युवतीले विदेश गएर विदेशी नागरिकसँग यौन सम्पर्क गर्दै नेपाल आएर भटाभट बच्चा जन्माउन थाले भने उनीहरुलाई आमाको नामबाट नागरिकता दिने? यस्ता विविध कारणले सरलभन्दा समस्या आउन सक्ने हुनाले आमाको नामबाट नागरिकता दिने नीति व्यवहारिक देखिदैन । बाबुको टुंगो नलागेकालाई आमाको नामबाट अङ्गीकृत नागरिकता दिइए पनि त्यसको पूर्णअधिकार वंशजको जस्तो नभएपछि त्यसले नागरिकता पाउनुको अर्थ राख्दैन ।
बाबु केही सन्तान जन्माएपछि वर्षौदेखि विदेशीएको छ, अत्तो पत्तो छैन । तर घर थामेर बसेकी महिलाले कसैसँग अवैध सम्पर्क गरी सन्तानको जन्म दिइन भने उसले अरु सरह बाबुको अंश पाउनेकी नपाउने ? यस्ता विविध खाले समस्या आउनाले थप झन्झट हुने देखिन्छ । यस्ता समस्याबाट बच्ने हो भने आमाको नामबाट नागरिकता दिने नीति खारेज गर्नुपर्छ ।
सन्तानको नागरिकता बनाउँदाको समयमा बाबुको मृत्यु भईसकेको रहेछ भने अगाडि स्व.थपेर बाबुको नाम राख्नुपर्ने, बाबुले सन्तानको अपनत्व गर्न नपाउने, सन्तानलाई वेवास्ता गर्न नपाउने, अर्कै विवाह गरेर भए पनि पहिलाको सन्तानलाई नागरिकता दिनैपर्ने, हक अधिकार बराबरी दिनुपर्ने जस्ता कानूनी बाध्यता गराएर बाबुकै नामबाट नागरिकता दिनु राम्रो हुने देखिन्छ ।

LEAVE A REPLY