भाद्र दोस्रो साता ओली चिन भ्रमणमा जाने

काठमाडौं । नेपालले भारत र चीनलाई अति महत्व दिने गरेको छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमणलाई पनि महत्वका साथ लिइएको छ । प्रधानमन्त्री ओलीले यही भाद्र दोस्रो साता चीन भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री ओली भाद्र १४ गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय वार्ता गर्ने तयारी भएको छ । यसअघि पनि ओली र सी बीच बहुपक्षीय सम्मेलनहरुमा भेटवार्ता भए पनि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारको अवसरका रुपमा लिइएको छ ।
त्यसपछि प्रधानमन्त्री ओली चिनिया राष्ट्रपति सी जिनफिङले उद्घाटन गर्ने संघाई कोअर्परेशन सम्मेलनमा सहभागी हुन संघाई जाने कार्यक्रम रहेको छ ।
रोचक कुरा के छ भने, यस पटक संघाई कोअपरेशन सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने कार्यक्रम तय भएको छ । उच्चस्तरीय सम्मेलनकै क्रममा ओली, सी र मोदी एउटै मञ्चमा देखिने सम्भावना रहेको स्रोतले जनाएको छ । सरकारका एक अधिकारीले भने– ‘यो भ्रमणले दुई ठूला छिमेकीसँग नेपालको सन्तुलित सम्बन्धले सन्देश दिनेछ ।’
परराष्ट्र मन्त्रालयले भने औपचारिक कार्यक्रम तालिका अझै सार्वजनिक नगरेको बताउँदै तयारी तीव्र भइरहेको जनाएको छ ।

LEAVE A REPLY