काठमाडौं । गृहप्रशासनमा प्रमुख जिल्ला अधिकारीलाई महत्वका साथ हेर्ने गरिन्छ । गृहमन्त्रालयले एकैपटक २७ जना प्रमुख जिल्लाअधिकारीको सरुवा गरेको छ । सहसचिवतर्फ १५ तथा उपसचिवतर्फ १२ सिडिओ९प्रजिअ० फेरिएका छन् । केहीको अवधि नपुगी सरुवा गरिएको छ ।
सामान्यतः एक वर्षको अवधिमा सिडिओको सरुवा हुनेमा गृहमन्त्रालयले दुई महिना नपुगी भोजपुरका सिडिओ सुरेश पन्थीको सरुवा गरेको छ । उनी गत ११ असारमा भोजपुरमा हाजिर भएका थिए । बुधबार उनको मन्त्रालयमा सरुवा गरिएको छ । भोजपुरमा सहसचिव बाबुराम गौतमलाई खटाइएको छ ।
गृहले सात महिनामै काठमाडौंका सिडिओलाई पनि हटाएको छ । काठमाडौंमा कार्यरत ऋषिराम तिवारीलाई हटाएर छवि रिजाललाई जिम्मेवारी दिइएको छ । तिवारीको गत पुष अन्तिममा काठमाडौं सरुवा भएको थियो । यस्तै सहसचिवहरु तोयनारायण सुवेदीको पर्सा, समन घिमिरेको ललितपुर, नमराज घिमिरेको भक्तपुर र प्रकाश पौडेलको बारा सरुवा भएको छ । दोलखामा भोला दाहाल, भोजपुरमा बाबुराम गौतम, संखुवासभामा सिर्जना थपलिया, पाल्पामा बिन्दु बज्राचार्य कुँवर, सिराहामा बसन्त अधिकारी, सप्तरीमा टुवराज पोखरेल, धनकुटामा शिवराज गेलाल, ओखलढुंगा मेखबहादुर मंग्राती, दाङमा विश्वप्रकाश अर्याल, धादिङमा विजयराज सुवेदीलार्य खटाइएको छ ।
उपसचिव सिडिओ हुने १२ जिल्लामा पनि हेरफेर गरिएको छ । जसअनुसार बाजुरामा गणेश पौडेल, सोलुखुम्बुमा लीलाकुमार केसी, रसुवामा राजेन्द्र पन्थी, मनाङमा नवराज पौडेल, ताप्लेजुङमा शिवराज सेढाई, मुगुमा खडानन्द सुवेदी, रुकुमपूर्वमा सीता परियार, म्याग्दीमा बद्रीकुमार तिवारी, कालीकोटमा गोकर्णकुमाुर सुयल, रुकुम पश्चिममा दिनेशकुमार थानी, डोल्पामा भीमराज कोइराला र हुम्लामा टेककुमार रेग्मीको सरुवा गरिएको छ ।








