पूर्वराजाको रणनीति बारे सर्वत्र चासो

काठमाडौं । आफ्नाहरुले आन्दोलन गर्न छाडेपछि पूर्व राजा ज्ञानेन्द्र शाह अब के गर्ने भन्ने दोधारमा परेको उहाँ निकट सुत्र बताउछन् । चैत्र १५ गतेदेखि राजावादी निर्णायक आन्दोलन थाल्ने बताए पनि त्यही दिनको आन्दोलन पूर्ण रुपमा असफल भएपछि यति बेला राजावादीहरु तितरबितर भएका छन् । आन्दोलनका कमाण्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नै तरिकाले अघि बढ्ने भन्दै नयाँ पार्टी खोल्ने घोषणा नै गरिसकेका छन् । प्रसाईको पार्टीको नीति, सिद्धान्त र विचार कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।
त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा बसेर आन्दोलन र भावी रणनीति तय गर्ने हुनुभएको छ । यसबीचमा पूर्वराजा शाह भुटान भ्रमणमा समेत जानु हुनुभएको छ । कतिपयले हृदयन्द्रलाई राजा बनाउने दरवारियाहरुको रणनीति रहे पनि त्यो कसरी अहिल्यै निक्र्यौल भएको छैन । यतिबेला पढाइको शिलशिलामा हृदयन्द्र शाह अमेरिकामा छन् ।
त्यसो त पूर्वराजा शाहले राप्रपा, राप्रपा नेपालदेखि दुर्गा व्यवसायी समेताई एक ठाउँमा ल्याउने प्रयास गरे पनि त्यो यतिबेला कामयाव देखिएको छैन ।

LEAVE A REPLY