भोजकुमारी खड्का
नेपालको संविधान २०७२ मा सभामुख वा उपसभामुखले पदीय मर्यादा अनुकूल आचरण नगरेको भनी राखिएको प्रस्तावमा प्रतिनिधि सभाका दुईतिहाई सदस्यले मत पारित भएमा त्यस्तो व्यक्तिलाई पदच्यूत गर्न सकिने व्यवस्था छ । सोही अनुसार सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई पदच्यूत गर्ने तयारी गरिरहेको छ । राना हटाउन प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत पुगे पनि संवैधानिक परिषदमा सत्ता पक्ष अल्पमतमा छ । त्यसैले सत्तापक्षले रानालाई पदच्यूत गर्न नसक्ने आँकलन गरिएको छ । किनी सत्तापक्षमै सबै सांसद राना उपसभामुखलाई हटाउन मञ्जुर देखिदैनन् । पार्टीले लगाएको ह्वीपले मात्र उनीहरु बाध्यतामा पर्ने हुन् । संसदकै प्रतिपक्षी दल माओवादी केन्द्र उपसभामुख रानालाई हटाउन नहुने भनिरहेको छ । त्यसो त रानालाई सत्तापक्षी दलले पहिला पनि हटाउन नखोजेको होइन । तर कोरम नपुग्दा हटाउन नसकेको हो । उपसभामुख हटाउन २७४ जना सांसदको दुई तिहाई अर्थात् १८३ संसदको जरुरी पर्दछ । अहिले सत्तापक्षमा कांग्रेससँग ८७, एमालेसँग ७८, जसपासँग ७, जनमतसँग ६ र लोसपा र नाउपाका ४÷४ गरी जम्मा १८६ जना सांसद छन् । प्रतिनिधि सभामा कोरम पुर्याउन आवश्यक सांसद संख्यामाभन्दा ३ जना मात्र बढी भए पनि संंवैधानिक परिषदमा भने आवश्यकभन्दा बढी सांसद रहेका छैनन् । त्यसैले इन्दिरा राना मगरलाई सभामुखबाट हटाउन मुश्किल पर्ने देखिन्छ । कांग्रेसमा उपसभामुख राना हटाउनुपर्ने चर्चा चलिरहे पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने तत्काल रानालाई हटाउने निर्णय भईनसकेको बताउनुहुन्छ ।








