विशेष अदालतका अध्यक्षमा भट्ट नियुक्त

काठमाडौं ।काठमाडौ,सूचना, सञ्चार तथा प्रविधि,मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गरुडले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय पत्राकार भेटघाट गरी सार्वजनिक गर्नु भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्णय विवरण सार्वजनिक गर्नु भएको हो ।
निर्णयअनुसार विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई नियुक्त गरिएको छ। त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।
यसबाहेक श्रम अदालतको सदस्यमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्ने लगायतका निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए।

LEAVE A REPLY