बिपीको ११२औँ जन्मजयन्ती देशभर मनाइँदै

काठमाडौँ। नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती यही भाद्र २६ गते बिहीबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।
बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम सहित बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।

 

LEAVE A REPLY