इन्फाअवार्डको मिति नोभेम्बर १ २०२५मा सारियो

इन्फा अवार्ड को मिति सारिएको छ सेप्टेम्बर १३ ,२०२५ मा बेलायतमा हुने तय गरिएको अवार्ड जेनजी आन्दोलनका कारण सेप्टेम्बर १३ बाट नोभेम्बर १, २०२५ मा सारिएको आयोजक मनीष कार्कीले बताए।
इन्फा अवार्डले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र शान्ति, न्याय, समानता सन्देश दिन लक्ष्य राखेको छ।
सेप्टेम्बर १३, २०२५ मा बेलायतमा आयोजना हुने तय भएको कार्यक्रम अब नोभेम्बर १, २०२५ मा हुने भएको आयोजकको भनाई छ ।
आन्दोलनका क्रममा सरकारले गरेको दमन, बल प्रयोग र धरपकडका कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवा घाइते भएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन अवार्ड प्रमुख मनीष कार्कीले बताए ।
स्थगनबारे जानकारी दिँदै उनले भने, ‘हामी सबै कलाकार, प्रायोजक र दर्शकलाई यो निर्णयका लागि धन्यवाद दिन चाहन्छौं । तपाईंहरूले यो निर्णयलाई बुझ्ने र नयाँ मितिमा हामीसँगै रहने विश्वास लिएका छौं
नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुने यस कार्यक्रमले शान्ति, न्याय, समानता र उत्तरदायित्वको सन्देश दिन लक्ष्य लिएको छ ।

 

LEAVE A REPLY