गगन र विश्वले गरे, चुनाव गर्न हरसम्भव वैधानिक उपाय को माग

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशलाई बचाउन हर सम्भव बैधानीक उपाय अपनाउनु पर्ने माग राखेका छन् । उनीहरुले जेनजीहरुको भावनाअनुसार वेलैमा काम गर्न नसकेकै कारण मुलुकले यो दशा भोग्नु परेको बारे आत्मा आलोचना गर्दै पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन्
संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई महामन्त्रीले स्वीकारेका छन् ।
सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्माआलोचना दुई महामन्त्रीले गरेका छन् ।
‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं–आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जन उत्तरदायी दल बनेर अघि आउनेछ,।

देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिने उनीहरूले बताएका छन् ।

 

LEAVE A REPLY