महान्यायाधिवक्ताको जिम्मेवारी सविताभण्डारीलाई
काठमाडौं । प्रधानमन्त्री सुशीलाकार्कीको शिफारिसमा राष्ट्रपति रामन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको जिम्मेवारी दिनु भएको छ ।यस सँगै भण्डारी देशको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्।
यसअघि महान्यायाधिवक्ता रहेकाअधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएपछि भण्डारीलाई नयाँ जिम्मेवारी दिइएको हो।
कानून व्यवसायमा लामो अनुभव र दृढ छवि भएकी भण्डारीलाई नेपालको कानूनी व्यवस्थामा महिलाको नेतृत्व स्थापना गर्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।









