के देश खरानी बनेको जेन–जीकै कारण हो त?

भोजकुमारी खड्का
देशमा अहिले अकल्पनीय क्षति भएको छ । संसद भवन जलेको छ, सिंहदरबार जलेको छ, अन्य सरकारी कार्यालय जलेका छन् । बैंक लुटिएका छन् । नीजि सम्पत्तिमा लुटपाट मच्चिएको छ । आगजनि गरिएको छ । नेताहरुले कुटाई खाएका छन् । कैदीहरु भगाइएको छ । जेनजीमाथि ताकिताकि गोली हानेर २ दर्जन बढीको ज्यान गएको छ । हजार नजिक जेनजीहरु घाइते भएका छन् । कतिपयलाई बेपत्ता पारिएको आदि इत्यादी गरिएको छ । के यी सबै काम जेनजीहरुले गरेका हुन् तरु पक्कै पनि होइन । जेनजीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा व्यवस्था विरोधी भिजिलान्तेको घुसपैठ हुँदा जति क्षति भए ती सबै उनीहरुकै कारणले भएको आम जनताको भनाई छ । दर्शकहरुको ठहर्याई छ । उनीहरुले कहिले जेनजीले आन्दोलन थाल्छन् र त्यसमा घुसपैठ गरुला भनेर पूर्ण योजना९ग्राण्ड डिजाइनसहित० बाटो हेरेर बसिरहेको घटित घटनाले प्रष्ट पारेको छ ।
खासमा जेनजी पुस्ताको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध होइन, सामाजिक सञ्जाल खुलाउनु पर्ने र व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतको हो । तर अहिले मौकाको फाइदा लिन खोज्नेहरुले भने व्यवस्था र संविधानकै विरुद्ध आन्दोलन गरिएको हो भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान नै जोखिममा पार्ने प्रयत्न गरिरहेका छन् । जेनजीहरुले नचिनेकाहरु पनि हामी पनि जेनजी हौं भन्दै आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेका छन् । तर त्यसमा असफल हुँदै गएका छन् ।
प्रधानसेनापतिको संयोजकत्वमा राष्ट्रपति र सभामुखको समन्वयमा प्रधानमन्त्री चयन गर्नुपर्नेमा प्रधानसेनापतिकै समन्वयमा मन्त्रिपरिषद गठन गर्न खोजिदा कतै वर्तमान संविधान नै मर्ने त होइन भन्ने तर्क पनि गरिएका छन् । यसै मेसोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति र सभामुखको समन्वयमा मन्त्रिपरिषद गठन गर्नुपर्ने माग राख्नुभएको थियो । जस्ले गर्दा लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने र अझ मजबुत लोकतन्त्र बन्ने उनको भनाइ थियो । हो वास्तवमा कुरा सही नै हो । वैधानिक प्रक्रिया मार्फत मन्त्रिपरिषद गठन र संसद विघटन नगरे भोली गएर देश प्रतिगमनकारीको पोल्टामा जान नसक्ला भन्न सक्ने स्थिति छैन । त्यसैले सरोकारवालाहरुले यसप्रति बेलैमा ध्यान पुर्याउनु पर्ने अवस्था छ ।

LEAVE A REPLY