काठमाडौं । बजाज मोटरसाइकलमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला सुरू भएको छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हशंराज हुलास चन्द एण्ड कम्पनीले आज असोज ३ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा एक्सचेन्ज कार्निभल मेला सुरू गरेको हो ।
उक्त मेला असोज ८ गतेसम्म संचालन हुनेछ । मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग बजाजका मोटरसाइकल साट्न सक्नेछन् ।
ग्राकहलाई उत्कृष्ट मूल्यांकन दिन २२ भन्दा धेरै भ्यालुयटर्स राखेको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरको एक्सचेन्जमा उत्कृष्ट भ्यालुयसनका साथ १० हजार रुपैयाँ बोनसका रुपमा थप मूल्याकंन पाउने कम्पनीले जनाएको छ
त्यस्तै, ग्राहकले ल्याएका पुराना मोटरसाइकल वा स्कुटरमा धेरै वर्षदेखि कर तिर्न बाँकी रहेको छ भने उक्त कर र जरिवाना समेत कम्पनीले नै व्यहोर्ने बताएको छ ।
कम्पनीले हरेक दिन मोटरसाइकल खरिद गरेका एक जना ग्राहकलाई लक्की ड्रमार्फत छानेर ५० हजार नगद रुपैयाँ प्रदान गर्नेछ ।
साथै, कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा नगद छुट, फ्री मोटरसाइकल एसेसरिज, अन द स्पट फाइनान्स सुविधा, नागरिकताकै आधारमा मोटरसाइकल पास जस्ता सुविधा उपलब्ध गराएको छ ।
यसका अलावा कम्पनीले बीपीएल बजाज प्रिमियर लिग अफर पनि चलाइरहेको छ ।








