काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबारबेलुका ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको छ। उनका निकट स्रोतका अनुसार सम्बोधनको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गर्दै आएको छ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि राजनीतिक परिस्थितिमा आएको परिवर्तनकै आधारमा कार्कीले २७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी समालेकी थिइन्।
उनको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेको छ। भोलिगरिन लागेको सम्बोधनमा सरकारका प्राथमिकता र आगामी कदमबारे सन्देश दिने अपेक्षा सर्वत्र गरिएको छ।








