जेन–जीलाई फेरिसडकमा नपुर्याऔं

सम्पादकीय,

नेपालको वर्तमान संविधानले भ्रष्टाचारलाई पालनपोषण गरेको हुँदा भ्रष्टाचारको अन्त्य गर्न वर्तमान संविधानमा व्यापक रुपमा सुधान गर्नुपर्ने वा यसलाई खारेज गरेर अन्तरिम संविधान जारी गर्ने र पुर्नलेखन गर्नुपर्ने जेनजीहरुको माग छ । वर्तमान संविधानलाई नसच्याए वा पुर्नलेखन नगरे मुलुकमा भ्रष्टाचार अन्त्य नहुने र सुशासन पनि नआउने जेनजीहरुले ठोकुवा गरेका छन् । यदि संविधानमा सुधार गर्नेतर्फ नेतृत्वको ध्यान गएन भने जेनजीहरु फेरि सडकमा ओर्लने छन् । जेनजीहरुले दुई दिन अर्थात् २४ घण्टा आन्दोलनमा उत्रिदा राष्ट्रको अर्बौको क्षति भयो । नीजि क्षेत्रमा पनि त्यतिनै क्षति भयो । सयौं घाइते भए, ७३ जनाले ज्यान गुमाए, देशमा उथलपुथल नै भयो । जननिर्वाचित सरकार ढल्यो । अन्तरिम सरकार आयो जो सबैलाई थाहा भएकै कुरा हो ।
यदी जेनजीहरुको माग नाजायज वा असान्दर्भिक थियो भने यति छिटै उथलपुथल हुने थिएन । आन्दोलनकारी जेनजीहरुलाई नख्खु लगायतका जेलहरुमा पुर्याइने थियो । कसैको पनि समर्थन र सहानुभूति मृतक र घाइतेहरुप्रति हुने थिएन । त्यसैले जेनजीहरुको माग तुरुन्त पुरा गर्ने र पुनः सडकमा आउनुपर्ने स्थितिको अन्त्य गर्न जरुरी छ ।
वर्तमान कानून नै उस्तो हो वा कानून ठीक भएर पनि बुझ पचाउँदै त्यस अनुसार नचलेर हो, देशमा सुशासन पटक्कै छैन । भ्रष्टाचारीले सीमा नागेर पनि चुचुरोमा पुगि सक्यो । ‘अति गर्नु, अत्याचार नगर्नु’ भन्ने त नेपाली उखानै छ । जेनजीहरुको उपज नै भ्रष्टाचारको कारण हो । जेनजीहरुको माग शतप्रतिशत ठीक छन् । जायज माग राखेर प्रदर्शनमा उत्रिदा घुसपैठ भएर आगजनि भयो । जसलाई विडम्वना भन्नुपर्छ । जति जे भयो, भयो अब वर्तमानको घटनाबाट पाठ सिकेर अघि बढिएन वा बढ्ने प्रयत्न गरिएन भने झन् ठूलो क्षति नहोला भन्न सकिदैन ।
पञ्चायतकालमा भन्दा गणतन्त्र आएपछि मुलुकमा विकास नभएको होइन तर विकासका बहानामा धेरै भ्रष्टाचार हुँदा मुलुक ऋणमा चुर्लुम्म डुबेको छ । भ्रष्ट बाहेकका राम्रा व्यक्तिहरुलाई टिक्न मुस्किल भएको छ । सरकारको नेतृत्व गर्ने दलका नेताहरुमा कति इमान्दारीता रहेछ भन्ने कुराको प्रमाण प्रदर्शनकारीहरुले घर खानतलास गर्ने क्रममा भेटिएका नगद र बहुमूल्य धातुको परिणामले प्रष्ट पारेको छ । उनीहरुले गल्ती गरेकै कारण भागीभागी र भेष बदलेर हिड्नुपर्ने लाजमर्दो अवस्था आएको हो । अझै पनि कहाँ कुन बेला के हुने हो भन्ने त्रास उनीहरुमा जीवितै छ । सायद यो त्रास उनीहरुलाई मात्र होइन भ्रष्टाचारमा लिप्त हुने जो सुकैलाई पनि होस् रहुञ्जेल भइनै रहने छ ।

LEAVE A REPLY