काठमाण्डौ,जेन–जी आन्दोलनमा भएको दमनबारे छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित पाँच पदाधिकारीको पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिसगर्दै निजहरुलाई आयोगको अुमति विना काठमाडौ बाहिरजान पनि बन्देज लगाएको छ ।
आयोगलेओलीसहित ओलीसरकारका गृहमन्त्री रमेश लेखक, निवर्तमान प्रशासकहरू गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविराज रिजालको पासपोर्ट राक्का गर्न सिफारिस गरेको हो ।
ओली सरकारको बर्बर दमनका कारण जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ जना युवाको गोली लागेर ज्यान गएको थियो भनें सयौंको सख्यामा जेनजी युवाहरु घाईते भएका थिए। दोस्रो दिन झन् आन्दोलन चर्किएपछि ओलीले राजीनमा दिनु नै अन्तिम उपाय ठान्दै पदबाट राजीनामा दिएका थिए । करीव २४ घण्टाको आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो भने सारकारी देखि व्यक्तिका अर्बौँका सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो ।
सरकारको नेतृत्व गरेका ओली, सुरक्षा संयन्त्र सञ्चालन गर्ने विभागीय गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, अनुसन्धान विभागका प्रमुख थापा र काठमाडौंका सिडिओ रिजाल नै घटनाको मुख्य दोषी रहेको आरोप गलगाउदै जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले उनीहरू पाँचैजनालाई अनुसन्धान अवधिभर विदेश भ्रमणमा रोक लगाउन र अनुमतिविना काठमाडौं उपत्यका छाड्न पनि नदिन सरकारलाई सिफारिस गरिएको बताए ।
‘जाँचबुझ आयोगले काम सुरु गरेको छ । यस क्रममा निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक तथा निवर्तमान प्रशासकहरू गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविराज रिजालमाथि अनुसन्धान गर्नुपर्ने देखियो । त्यसैले उहाँहरूको विदेश भ्रमण तत्कालका लागि रोक लगाउने निर्णय भएको छ,’ अध्यक्ष कार्कीले भने, ‘आयोगको अनुमतिविना उहाँहरूले काठमाडौं उपत्यका पनि छाड्न पाउन हुनेछैन ।’
आयोगले हालै गरेको निर्णय कार्यान्वयनका लागि तत्कालै गृह मन्त्रालय, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र अध्यागमन विभागलगायत सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ । अनुसन्धानका क्रममा जुनसुकै वेला हाजिर हुनुपर्ने भएकाले उनीहरूलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको आयोगको भनाइ छ ।
आयोग अध्यक्ष कार्कीले भने, ‘उहाँहरूलाई अनुसन्धानका क्रममा जुनसुकै वेला कार्यालयमा उपस्थित गराउनुपर्ने हुन्छ । त्यसैले विदेश भ्रमणमा रोक लगाइएको हो । अनुमतिविना काठमाडौं उपत्यका छाड्न नमिल्ने व्यवस्था पनि सोही कारण गरिएको हो । निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन कार्यालयलगायतका निकायमा पत्रचार भइसकेको छ ।’
आयोगको सिफारिस पछि एमालेका नेताहरुले सरकारले दलहरु माथि प्रतिशोध साँधेको आरोप लगाउन थाले पछि
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँचजनाको विदेश भ्रमण रोक लगाउने निर्णय मन्त्रिपरिषद्को नभएको बताए । ‘आन्दोलनमा दमनका सन्दर्भमा आयोगले काम गरिरहेको उनको भनाई छ । यस क्रममा विदेश भ्रमणमा रोक लगाउने वा अनुमतिविना काठमाडौं उपत्यका छाड्न नपाउने किसिमका निर्णय आयोगले नै गर्ने हो । यी सबै विषयमा आयोग आफैँले निर्णय लिन सक्छ । मन्त्रिपरिषद् बैठकबाट सम्बन्धित व्यक्तिको सम्बन्धमा कुनै निर्णय भएको छैन,’ उनले भने ।
२३ भदौमा माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिन अघिल्लो दिन जेन–जी पुस्ताका दुई प्रतिनिधि पुरुषोत्तम यादव र सबल गौतम सिडिओ कार्यालय काठमाडौंमा पुगेका थिए । सिडिओ छविराज रिजालले उनीहरूको प्रदर्शनका लागि सहजै अनुमति दिए पछि जेनीरुले २३ भदौको बिहानबाटै माइतीघर मण्डलामा भेलाभई प्रहरीलाई गुलाफको फूल दिएर आन्दोलन सुरु गरेका थिए । केहीबेरको सम्बोधनपछि उनीहरू नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढे । बिजुलीबजारस्थित आर्क ब्रिज पुगेपछि आन्दोलनले उग्र रूप लियो । अघिपछि सानोतिनो आन्दोलनमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने सडक त्यस दिन पूर्ण रूपमा खाली थियो ।खाली हुनुमा जेनजीहरुलाई प्रहरी प्रसासनले नपत्याएको र जेनजीहरुको प्रर्दसनमा घुसपैठ भएर यति ठूलो क्षतिहोला भनेर कसैले कल्पनै नगरेको कारण हुन सक्ने बताउदै आईएको छ ।
भाद्र २३ गते जेनजीहरुले आन्दोलन चकार्एको थहापाएका काठमाडौंका तँत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजालले युवाहरुले संसद भवन छिर्न जवरजस्ती गरे युवाविरुद्ध गोली प्रहार गर्न आदेश दिए । त्यसलगत्तै प्रहरीलेघातक हतियारप्रयोग गरी अन्धाधुन्ध गोली प्रहारमा उत्रिएको थियो । टाउको र छातीमा ताकि ताकि गोली हान्दा पहिलो दिन नै १९ युवा मारिए भने १५० भन्दा धेरै घाइते भए । अकल्पनीय घटना पछि आयोगले आन्दोलनलाई दमन गर्ने उद्देश्यले नै गोली प्रहार भएको ठहर गरेको छ ।
जेन–जी युवाले त्यत्तिकै आन्दोलन गरेका थिएनन् ।आन्दोलन गर्नुभन्दा तीन दिनअघिबाटै सामाजिक सञ्जालमा अभियान चलाएका थिए । टिकटक, रेडिट र निम्बजमार्फत प्रचार व्यापक थियो । यति मात्रै होइन, उनीहरूका प्रतिनिधि काठमाडौ सिडिओ कार्यालयमै गएर आन्दोलनका लागि अनुमति नै लिएका थिए । तर, सुरक्षा संयन्त्रले उनीहरूको प्रदर्शनलाई सामान्य संझिदा घटना असामान्य भयो ।
र्
आयेगले निवर्तमान पदाधिकारीलाई मात्र होइन, वर्तमान आइजी चन्द्रकुवेर खापुङमाथि पनि अनुसन्धान हुने बताएको छ ।
जाँचबुझ आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङको नाम उल्लेख नभए पनि, आन्दोलन दमनमा भूमिका देखिएका सबैमाथि अनुसन्धान हुने आयोग सदस्य विज्ञानराज शर्माले बताए । ‘अनुसन्धान अघि बढेको छ । “अनुसन्धानमा ज–जसको भूमिका देखिन्छ, उनीहरू कोही पनि छुट्दैनन , सबैविरुद्ध अनुसन्धान हुन्छ,” उनले भने । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको गोली प्रहारमा नेपाल प्रहरीको मुख्य भूमिका हुने हुँदा कमान्डर आइजिपी खापुङ विरुद्ध पनि अनुसन्धान हुने आयोगको भनाई छ ।








