नेपालीको रोजाईमा किन परेनन् तिब्वती भेडा–च्याङ्ग्रा ?

मुक्तिनाथ मुस्ताङ, असोज १४ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्डका च्याङ्ग्रापालक कृषक निमा गुरूङले विगतका बर्षमा चिनियाँ च्याङ्ग्राको अधिक माग हुने गरे पनि यस पटक ग्राहकको रोजाइमा नपरेको बताउनुहुन्छ ।
विगत लामो समयदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङले तिब्वतबाट भित्रिने च्याङ्ग्रा बिक्री हुन छोडेपछि यसपटक उपल्लो मुस्ताङका ब्यापारीले खरिद नगरेको बताउनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकाबाट भित्रिने च्याङ्ग्रा चरन क्षेत्रमाभन्दा धेरै खोरभित्र दानापानी खुवाएर हुर्काउने गरिएकाले मुस्ताङको तुलनामा स्वादिलो नभएकाले उपभोक्ताको रोजाइमा नपरेको कृषक गुरूङले बताउनुभयो ।

LEAVE A REPLY