आजदशैँको आठौं दिन अर्थात्महा अष्टमी पर्व , यस पर्वलाई महत्त्वपूर्ण पर्वको रूपमा मनाइदै छ । यो पर्वमाविशेष गरेर अष्टमातृका देवीको पूजाआरधना गरीन्छ । र यसलाई महाअष्टमी पनि भनिन्छ। दशैँको दस दिन लामो उत्सवमा अष्टमीको दिन सबैभन्दा पवित्र मानिन्छ, किनभने यस दिनमा पीठ देवीहरुलाई विशेष रूपमा प्रसन्न गराउने प्रयत्न गरिन्छ। अष्टमीको पर्वले शक्ति, विजय, र धार्मिक आस्थाको प्रतीकका रूपमा धेरै महत्त्व राख्दै आएको छ ।
अष्टमीको पौराणिक आधारः
दशैँको अष्टमीको उत्पत्ति पुराण र हिन्दू धर्मशास्त्रमा रहेको देवी दुर्गाको कथा र युद्धसँग जोडिएको छ। अष्टमीको दिनलाई दुर्गा सप्तशतीको कथा अनुसार दुर्गा माताले महिषासुर नामक राक्षसलाई परास्त गर्न चालिएको कदमका रूपमा सम्झना गरिन्छ। महिषासुरले लामो समयदेखि देवताहरूलाई आतंकित पारेको थियो, र अन्ततः देवी दुर्गाले दसौँ दिनमा महिषासुरसँगको घमासान युद्ध गरेर विजय हासिल गरेकी थिइन्। यसैकारण, अष्टमीलाई असत्यमाथि सत्यको विजयी कदमका रूपमा लिने गरिन्छ ।
दशैँको अष्टमीका दिन, विशेष पूजाको व्यवस्था गरिन्छ। यो दिन घर(घरमा, मन्दिरहरूमा, र सामूहिक पूजा स्थलहरूमा दुर्गा देवीको मूर्ति वा तस्बिर स्थापित गरिन्छ। पूजामा विभिन्न प्रकारका सामग्रीहरू प्रयोग गरिन्छ, जस्तै अक्षता, फूल, प्रसाद, र सिन्दूर। पूजा आरम्भ गर्नुअघि, घर तथा पूजास्थलमा शुद्धीकरण गरी दुर्गा देवीको आह्वान गरिन्छ। यस दिन विशेष गरेर बलि प्रदान गर्ने परम्परा रहेको छ, जसलाई ‘महाकाली पूजा’ पनि भनिन्छ।
नेपालमा विशेषगरी अष्टमीका दिन २ खाले बली दिने परम्परारही आएको छ एउटा हो हिंमसातमक र अर्र्र्कोहो,अहिंसात्मक । हिंसात्मक परम्पराअन्तरगत पशुहरूको बलि दिएर देवी दुर्गालाई राक्षसहरूको संहार गरेको सम्झना गरिन्छ। राँगो, खसी, र बोकाको बलि दिने चलन छ, जसलाई शक्ति पूजा र नवरात्रिको आरम्भ प्रतीकका रूपमा लिइन्छ। र अहिंसात्मक बलिमा अन्न, फलफूल, उखु, घिरौंला अण्डा लगायतका प्रतीकात्मक बलिहरू दिने गरिन्छ, ।
अष्टमीको आजैको रातलाई कालरात्रि पनि भनिन्छ। यो रात विशेष पूजा गरी देवीको उपासना गरिन्छ। कालरात्रिमा देवी दुर्गाको रौद्र रूपलाई पूजिन्छ र यस दिन विशेष गरेर शक्ति प्राप्त गर्नका लागि दुर्गा सप्तशतीको पाठ गरिन्छ। अष्टमीको कालरात्रिमा विभिन्न मठमन्दिर तथा पूजास्थलहरूमा विशेष आयोजनाहरू गरिन्छ र तान्त्रिक विधिहरूको पनि प्रचलन छ। यस रातमा नृत्य, संगीत, र देवीको स्तुति पनि गरिन्छ।
नेपालका विभिन्न मठमन्दिरमा आजै काठमाडौंको दक्षिणकाली, भद्रकाली , गुहेश्वरी, विजेश्वरी रक्तकाली, इन्द्रयनी, ललितपुरमा बालकुमारी, वैष्णवी, महालक्ष्मी र भक्तपुरको इन्द्रयेनी टौमडी लगायतका स्थानहरूमा विशेष महाकाली पूजा गरिन्छ। यी स्थानहरूमा अष्टमीको दिन हजारौं भक्तजनहरू दर्शन गर्न आउँछन् र पूजा विधिमा सहभागी हुन्छन्। देवीको आशीर्वाद प्राप्त गर्न यो समयलाई सबैभन्दा शुभ मानिन्छ।









