सम्पादकीय
जेनजीहरुले सुशासन, भ्रष्टाचार नियन्त्रण र बन्द गरिएको सामाजिक सञ्जाल खोल्नुपर्ने जायज माग राख्दै प्रदर्शनमा उत्रिएपछि सो प्रदर्शनमा अन्य विध्वशंकारी घुसपैठमा अप्रिय घटना घट्यो । जेनजीहरुको प्रदर्शनलाई सामान्य ठानेर दबाउन खोज्दा रक्तपात मच्चियो, आगलागि भयो, तोडफोड भयो । यसलार्य तत्कालिन एमाले, कांग्रेस गठबन्धनको सरकारले रोकथाम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएर नेपाली सेनाको शरणमा पुगेपछि मुलुक नेतृत्वविहिन बन्न पुग्यो र जेनजीहरुको समर्थनमा पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएर अन्तरिम सरकार बन्यो । जो सबैलाई थाहा नभएको होइन ।
कार्की नेतृत्वको सरकारले जेजस्ता निर्णयहरु गरेका छन् ती सबै सबै मान्य र सह्रानीय छन् । तर बोलेका कुरा र गरेका निर्णय पुरा गर्न नसकेर पूर्ववर्ति सरकारको विँडो थाम्दै साख घटाएर अलोकप्रिय बन्ने हुनकी भन्ने त्रास, अन्तरिम सरकारबाट अपेक्षित भएका सबै जनतामा पर्न थालेको छ । पूर्ववर्ति एमाले र कांग्रेस सरकारले पनि निर्णय त राम्रै गरेको थियो तर कार्यन्वयनमा ल्याउन नसकेर जनउपेक्षित हुँदा अहिलेको अवस्था आएको छ । वर्तमान सरकारबाट जनता अपेक्षित भइरहेका छन् । जुन कुरा बोल्छ त्यो कुरा पुरा गर्छ भन्ने पूर्ण विश्वास जनतामा छ । घोषणा, निर्देशन र निर्णयभन्दा पनि प्रतिफलको आशामा जनता छन् । पूर्ववर्ति ओली सरकारका मन्त्रीहरुले गरेको निर्णय र कार्यान्वयनमा शुन्यता जस्तै भएको अवस्था यो सरकारमा नदोहोरियोस् भन्ने कामना समेत जनताले गरेका छन् । यस्तो बेलामा केही दिन अघि यातायात तथा जनस्रोत मन्त्री कुलमान घिसिङले नागढुंगा सुरुङमार्ग सञ्चालनका निर्देशन दिए । नारायणघाट–मुग्लिङको बाटो भत्किएर गाडि अवरोधले दिक्क भएका जनतामा निकै खुशीयाली छाएको थियो । तर निर्देशनको भोलीपल्टै आगामी पुषभन्दा यता सुरुङ्गमार्ग कुनै पनि हालतमा सञ्चालन गर्न नमिल्ने भन्दै समाचार आयोजक तथा ठेकेदार कम्पनीलाई उल्लेख गर्दै मिडियामा आयो । जसको कारण ‘पहिलो गाँसमै ढुंगा’ भन्ने उखानझैं मन्त्री कुलमानको साथ घट्यो । यसरी नै अन्य निर्देशन र निर्णयहरुमा पनि साख घट्दै गएको खण्डमा वर्तमान सरकार अघिल्लो सरकारभन्दा घटिया हुन पुग्दछ । यसैबाट पाठ सिकेर जुन कुरा गर्न सकिन्छ र सम्भव छ, त्यो कुराको निर्णय र निर्देशन दिन आवश्यक देखिन्छ जसबाट जनताको मन जित्ने काम हुन सक्छ ।







