हर्क साम्पाङको नयाँ पार्टीप्रति सर्वत्र चासो

काठमाडौं । यतिबेला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा नयाँ दलले पनि धमाधम निवेदन दिन थालेका छन् । जेनजी आन्दोलनअघि उपनिर्वाचनको मिति घोषणा भएयता १३ नयाँ पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसमध्ये धरानका मेयर हर्कराज साम्पाङ राई, साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ९श्रसंपा० एउटा हो । आफ्नै नेतृत्वमा श्रसंपा खोलेका साम्पाङले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले गत भाद्र १६ गते नै पार्टी गठन गरेका थिए । भाद्र ३१ मा पार्टी केन्द्रीय समितिबाट निर्णय गराएर दल दर्ताका लागि असोज ७ मा निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले पार्टीको केन्द्रीय समिति २३ सदस्यीय बनाएका छन् । केन्द्रीय कार्यालय काठमाडौंको सुकेधारामा तोकिएकामा सात प्रदेश कार्यालय विराटनगर, जनकपुर, हेटौडा, कास्की, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा तोकिएको छ ।
केन्द्रीय समितिले दल दर्ताको लागि गरेको निर्णयको प्रतिलिपी, दलको विधान, घोषणा पत्र, झण्डा, चिन्हलोगोको नमूना, कम्तीमा पाँचसय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धतासहित निजहरुले अर्को दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्न नेपाली मतदाताको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपी बुझाएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले श्रम संस्कृति पार्टी दर्ताको लागि निवेदन आएको पुष्टि गरे । ‘हर्कराज राई साम्पाङ अध्यक्ष रहने गरी दल दर्ताको लागि निवेदन आएको छ । हामी अध्ययन गर्दै छौं । कानून अनुसार दल दर्ताको लागि सबै रिट पु¥याएको अवस्थामा दल दर्ता हुन्छ ।’ उनले भने ।

LEAVE A REPLY