कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ मा बस्ने भएको छ ।
केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । यसअघि असोज २६ गते बस्ने तय भएको थियो ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने पनि प्रवक्ता महतले बताए ।

LEAVE A REPLY