कानुनी प्रकृया पुरा गरी शान्तिपूर्ण बातावरणबाट हुने निर्वाचनबाट एमाले भाग्दैन अध्यक्षः ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कानुनी प्रकृया पुरा गरी शान्तिपूर्ण बातावरणमा चुनाव गराए एमाले त्यस्तो चुनावबाट नभाग्ने बताउनु भएको छ ।् उहाँले मुलुकमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताउनुभयो ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो । भौतिक संरचना, तोडफोड गरेर देशको विकास कहिल्यै सम्भव नहुने
उहाँको भनाइ छ । । नेपाली जनताले ठुलो संघर्ष र बलिदान दिएर देशमा लोकतन्त्र ल्याएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “अर्काको घरमा आगो लगाउने, सरकारी भौतिक संरचना ध्वस्त गर्ने, सामाजिक सञ्जालमा अस्वस्थता र गलत भास्य सिर्जना गर्नुले मुलुकमा शान्ति र विकास हुँदैन ।”
अहिलेको सरकारले मुलुकमा चुनाव गराउनेगरी अन्तरिम सरकार गठन भए पनि निर्वाचनमा ध्यान दिन नसकेको भन्दै उहाँले देशको विकासमा यो सरकारले काम गर्न नसक्ने बताउनुभयो । ।
लोकतान्त्रिक प्रणाली सबैले मान्न अनिवार्य रहेको भन्दै उहाँले संविधानले त्यही व्यवस्थाको अङ्गिकार गरेको बताउनुभयो । कानुनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण रुपमा आयोजना हुने निर्वाचनबाट एमाले नभाग्ने तर अस्वस्थ र गैरकानुनी रुपमा आयोजना हुने निर्वाचन सफल नहुने उहाँको भनाइ छ । मुलुकमा कानुनी राज र प्रणालीको विकास गर्न अपरिहार्य रहेको भन्दै उहाँले मुलुकलाई अस्थिर राख्ने छुट कसैलाई नभएको बताउनुभयो ।
कानुनी र राजनीतिक रिक्तताले मुलुक चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “व्यक्तिगत रिसइबी गरेर मुलुकमा शान्ति आउँदैन, मसहित नेताहरुलाई पक्राउ गर्ने भनिएको छ, के कारण देखाएर पक्राउ गर्ने रु आधार त चाहिएला नि पक्राउ गर्ने रु सम्पत्ति छानविन गर्ने भनिएको छ, गर्नुस् छानविन । निश्पक्ष छानविन गर्नुस् ।”
जेनजी युवाको टाउकोमा आरोप थुपारेर परिवर्तन तुहाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “व्यक्तिको घर जलाउन जेनजी गएका होइनन्, सार्वजनिक भौतिक संरचना जलाउन र तोडफोड गर्न जेनजी गएको होइन । जेनजीको आवरणमा आपराधिक गिरोहले सबै गलत काम गरेको हो । त्यसको उचित छानविन हुनुपर्छ ।”
जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासलमा पुगेर धारणा राख्दै अध्यक्ष ओलीले सरकारको तर्फबाट जेनजीमाथि गोली चलाउने निर्देशन नदिइएको पुनः दोहोर्याउनुभयो । घटनाको निश्पक्ष छानविन गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष अ‍ोलीले पार्टी मुख्यालयको क्षति भएको संरचनाको अवलोकन गर्नुभएको छ ।

LEAVE A REPLY